
पोखरा । पोखरामा खानेपानीका एक कर्मचारी सेवाग्रहीबाट घुस लिंदै गर्दा रङ्गेहात पक्राउ परेका छन् ।
नेपाल खानेपानी संस्थान विन्ध्यवासिनी इकाई कार्यालय, पोखरामा कार्यरत कृष्ण हरि वाग्ले आज (बिहीबार) बगर ट्याक्सी चोक स्थित एक रेष्टुरेन्टबाट २५ हजार घुस सहित रङ्गेहात पक्राउ परेका हुन् ।
सेवाग्राहीको घरको पानीको मिटर बिग्रेको र मिटर परिवर्तन गरेवापत वाग्लेले घुस मागेको अख्तियारमा उजुरी परेको थियो ।
उजुरी प्राप्त हुनासाथ खटिएको अख्तियार दुरपयोग अनुशन्धान आयोग पोखराको टोलीले वाग्लेलाई पक्राउ गरेको हो ।
प्रशासन सहायक पदमा कार्यरत वाग्ले करारका कर्मचारी हुन् ।
कमेन्ट गर्नुहोस्
