
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण गर्नेमाथि कारबाही गर्न नयाँ कानून बनाइने बताएका छन् ।
एसिड आक्रमण गर्नु अमानवीय र जघन्य अपराध भएको भन्दै प्रधानमन्त्रीले दोषीलाई कारबाही गर्न १५ दिनभित्र कानुनी मस्यौदा तयार गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन्।
देशभर एसिड आक्रमणमा परेका १२ जना पीडितहरू सहभागी कार्यक्रमा बोल्दै प्रधानमन्त्री ओलीले उपचारको सबै खर्च सरकारले व्यहोर्ने बताएका छन्। त्यस्ता पिडित बिरामीलाई वीर र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था गरिने बताए ।
यस्तै एसिड प्रहारबाट पीडितको शिक्षा र जीविकोपार्जनको जिम्मा समेत सरकारले लिने घोषणा गरेका छन्। प्रधानमन्त्री ओलीले पढ्नेलाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाउने, सिपमुलक तालिम दिई सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहन गरिने बताए । साथै हरेक वर्ष सेप्टेम्बर १० लाई तेजाब आक्रमणविरूद्धको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न पनि आह्वान गरे ।
