कोरोनाबारे झुट्टा अफवाह फैलाउने २ जना पोखराबाट पक्राउ

Share:

पोखरा । कोरोनाबारे झुट्टा अफवाह फैलाउने २ जना पोखराबाट पक्राउ परेका छन् ।

आफ्नो पिसिआर टेस्ट प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट गराएकोमा कोरोना परिक्षण रिपोर्ट उलटपुलट गरी सामाजिक सञ्जालमा पोष्ट गरी झुट्टा अफवाह फैलाउने पर्वत घर भइ पोखरा–५ बस्ने २९ वर्षका इश्वर रिमाल र चितवन घर भइ पोखरा–९ नयाँबजार बस्ने २२ वर्षका निरज लम्साललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैजना मोवाइल पसल सञ्चालक हुन् । रिमाललाई भदौं २४ गते र लम्साललाई भदौ २५ गते पक्राउ गरिएको हो ।

उनीहरु बिरुद्ध झुट्टा अफवाह फैलाउन नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट दिन ७ दिन म्याद थप गरि अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: