पोखराका २ सहित गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बिहान पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, भरतपुर अस्पताल, चितवन र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा प्रदेश अन्तर्गत ४ जिल्लाका १७ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीको पोखरा–१० की २६ वर्षीया महिला र १ का ६२ वर्षीय पुरुष, तनहुँको शुक्लागण्डकी–५ का ५९ वर्षीय पुरुष, स्याङ्जाको पुतलीबजारका ४० र ५१ वर्षीय दुई पुरुष तथा नवलपुरको कावासोतीका ४४ वर्षीय पुरुष र गैंडाकोटका ८२, ६५, २८, ३० तथा २९ वर्षका ५ जना महिला र ५४, ८६, ३८, २५, ३३ तथा २८ वर्षका ६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७४७ पुगेको छ ।

 

 

कमेन्ट गर्नुहोस्
Share: