
चितवन । पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका ६ स्थित कालीखोला र चोरखोलाको बीच स्थानमा बिहान ८ बजे पहिरो खसेपछि सडक बन्द रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सडक बन्द भएपछि सयौँ गाडी रोकिएका छन् । ठूलो पहिरो झरेकाले सडक खुल्न समय लाग्ने प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
