
पोखरा । अहिले देशभर सामान्य देखि पूर्ण बदली भई केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै शुक्रबार दिउँसो पनि देशभर मौसममा सामान्य देखि पूर्ण बदली केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
दिउँसो गण्डकी प्रदेश, प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।
राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ तथा पश्चिम बंगालमा न्युन चापिय क्षेत्र अवस्थित रहेको छ।
