
पोखरा । गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान तेस्रो विज्ञप्ति जारी गरी तनहुँका ५ शशस्त्र प्रहरी सहित १० जना र नवलपुरका २१ जना गरी थप ३१ जनामा कोरोना पुष्टि भएको जनाएको हो ।
निर्देशनालयका अनुसार तनहुँको भानुमा कार्यरत ३१ वर्षका २ जना र ३२ वर्षका ३ जना शशस्त्र प्रहरी, भानु १ का ४५ वर्षीय पुरुष र २७ वर्षीया महिला, भानु ६ का ६२ वर्षीया महिला तथा ४२ र ५१ बर्षीय पुरुषमा कोरोना देखिएको हो ।
यस्तै नवलपुर कावासोतीका २४, २५ र ४८ वर्षका पुरुष तथा बिनयत्रिबेणीका १३ देखि ४० वर्ष उमेर समुहका ७ महिला र १८ देखि ७४ वर्ष उमेर समुहका ११ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय ९५ पुगेको छ ।
यसअघि शुक्रबार बिहानै गण्डकीमा ३४ जना कोरोना संक्रमित थपिएका थिए ।

