
पोखरा । पोखरामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान दोस्रो विज्ञप्ति जारी गरी कास्कीको पोखरा महानगरका १० जनासहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना देखिएको जानकारी दिएको हो ।
निर्देशनालयका अनुसार कास्कीको पोखराको मेट्रोसिटी अस्पतालको प्रयोगशालामा नमुना संकलन गर्न आएका पोखरा महानगरपालिका–९ का ३२ बर्षीय पुरुष तथा उपचारका लागि आएकी ३५ वर्षीया महिला, पोखरा १७ का ३६ वर्षीय पुरुष, पोखरा २६ का ३६ र ५० वर्षीया २ महिला, पोखरा ३० का ४९ वर्षीय पुरुष, पोखरा ७ का २५ र ३४ वर्षका २ पुरुष तथा २७ का २१ र २२ वर्षका २ पुरुषमा कोरोना देखिएको हो ।
त्यसैगरी पर्वतको कुश्मा ४ का २३ वर्षीय पुरुष र कुश्मा ३ का ६८ वर्षीय पुरुष तथा लमजुङ बेसीसहर स्थित सामुदायिक अस्पतालमा कार्यरत २१ वर्षीया स्वास्थ्यकर्मी महिला, बेसिसहर ७ का २३ वर्षीय पुरुष, बेसिसहर ८ का २ वर्षीया बालिका, २९ वर्षीया महिला ५१ वर्षका पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।
यसअघि शुक्रबार बिहानै गण्डकीमा १७ जना कोरोना संक्रमित थपिएका थिए ।

