बाग्लुङको दर्लिङमा पहिरो खस्दा एक पुरुष बेपत्ता

Share:

बाग्लुङ । बाग्लुङको वडिगाड गाउँपालिका–१० दर्लिङमा पहिरो खस्दा एक पुरुष बेपत्ता भएका छन्।

शुक्रबार बिहान वर्षासँगै आएको पहिरोमा परी दर्लिङको निगलपानीका ३५ वर्षीय दानबहादुर घर्तीमगर बेपत्ता भएका हुन्।

उनलाई बारीमा काम गरिरहेको अवस्थामा पहिरोले पुरेको हो । अहिले बेपत्ता पुरुषको स्थानीयको सक्रियतामा खोजी कार्य भैरहेको छ। घटनास्थलतर्फ प्रहरीको टोली जाँदै गरेको बताइएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: