२४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

Share:

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाका मृत्यु भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले १ जना महिला र ४ जना पुरुष गरी ५ जनाको मृत्यु पुष्टि भएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार मोरङकी ४० वर्षीया महिलाको मृत्यु भएको हो ।

यस्तै काठमाडौँका ७० वर्षीय पुरुष, महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ । यो कुल संक्रमितको ०.६२ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा १० हजार ७०१ परिक्षण भएको छ भने हालसम्म ८ लाख २१ हजार १८६ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर १४ हजार ९२५ जना सक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा ८ हजार २९१ जना छन् भने होम आइसोलेसनमा ६ हजार ६३४ जना छन् । हाल ६ हजार ७८ जना क्वारेन्टीनमा छन्। आईसीयुमा १७० जना र भेन्टिलेटरमा २५ जना उपचाररत छन् ।

कमेन्ट गर्नुहोस्
Share: