नेपालमा थप १ हजार ४ सय ५४ जनामा कोरोना पुष्टि, ९ सय ७२ जना डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार महिला ४६३ र पुरुष ९९१ जना गरी १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

२४ घण्टामा सबैभन्दा धेरै काठमाडौँमा ६२० जना संक्रमित थपिएका छन् ।

यस्तै रुपन्देहीका १०२ जना, चितवनका ७४ जना, कैलालीका ६७ जना, मकावनपुरका ५४ जना, मोरङका ४७ जना, सुनसरीका ४४ जना, सिराहाका ४२ जना, भक्तपुर, ललितपुर र नवलपुरका ३८/३८ जना, नवलपरासीका ३५ जना, कपिलवस्तुका २८ जना, सुर्खेतका २६ जना, गुल्मीका २० जना, बाँकेका १८ जना, झापाका १४ जना, प्युठानका १३ जना, संखुवासभा र पाल्पाका १२/१२ जना तथा काभ्रे, कास्की र रुकुम पूर्वका ११/११ जनामा कोरोना भाइरस देखिएको छ ।

तनहुँका ८ जना, सर्लाहीका ७ जना, रौतहट, गोरखा, लमजुङ र डोटीका ६/६ जना, दाङका ५ जना, सप्तरी र स्याङ्जाका ४/४ जना, पर्सा, नुवाकोट र रोल्पाका ३/३ जना, धनुषा, बारा, महोत्तरी, सिन्धुपाल्चोक, सिन्धुली, पर्वत र कञ्चनपुरका २/२ जना तथा धादिङ, रामेछाप, बर्दिया र जुम्लाका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ ।

यसैगरी गत २४ घण्टामा ९७२ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । यो कुल संक्रमितको ७०.६ प्रतिशत हो ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ । यो कुल संक्रमितको ०.६२ प्रतिशत हो ।

हाल देशभर १४ हजार ९२५ जना सक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा ८ हजार २९१ जना छन् भने होम आइसोलेसनमा ६ हजार ६३४ जना छन् । आईसीयुमा १७० जना र भेन्टिलेटरमा २५ जना उपचाररत छन् ।

हाल ६ हजार ७८ जना क्वारेन्टीनमा छन्।

पछिल्लो २४ घण्टामा १० हजार ७०१ परिक्षण भएको छ भने हालसम्म ८ लाख २१ हजार १८६ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: