गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार साँझ पाचौं विज्ञप्ति जारी गरी प्रदेशका ४ जिल्लामा थप १५ जनामा कोरोना देखिएको जनाएको हो ।

नयाँ सङक्रमित मध्ये गोरखा जिल्ला प्रशासन कार्यालयमा कार्यरत ३६ र २७ वर्षका २ जना सुरक्षाकर्मीहरु रहेका छन् । यस्तै गोरखा नगरपालिका–६ का ४९ वर्षीय पुरुष, बारपाक सुलिकोटका ३ का ५० वर्षीया महिला र ४ का ३२ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।

यसैगरी कास्कीको रुपा गाउँपालिकाका वडा नं २ का ४५ वर्षीय पुरुष, तनहुँ भानु–५ का १७ वर्षीय पुरुष, नवलपुरको कावासोती नगरपालिकाका–२ का ४२ र ४० वर्षका २ पुरुष, वडा नं ३ की ४० वर्षीया महिला, वडा नं १६ का १४ र ४० का २ महिला, वडा नं १ की ७२ वर्षीया महिला तथा २५ र ७२ वर्षका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा आज मात्रै ९० जना कोरोना संक्रमित थपिएका छन् ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८२० पुगेको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: