कास्की, गोरखा र तनहुँका थप ३ जनाको कोरोनाबाट मृत्यु

Share:

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।

आइतबार प्रदेशका कास्की, गोरखा र तनहुँ जिल्लाका १/१ जना गरी थप ३ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार कास्कीको मादी गाउँपालिका ४ घर भई हाल काठमाडौँ नयाँबजार बस्ने ५१ वर्षीय कोरोना संक्रमित पुरुषको २६ गते बिहान शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा मृत्यु भएको हो । क्यान्सर र हाइपोथाइराडिजमको बिरामी समेत रहेका उनमा २४ गते कोरोना पुष्टि भएको थियो भने उनको २६ गते बिहान ११ः२८ मा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यस्तै गोरखा भीमसेनथापा– ३ का ४५ वर्षीय संक्रमित पुरुषको त्रिभुबन विश्वबिद्यालय शिक्षण अस्पताल काठमाडौँमा भदौ २७ गते मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ । किड्नी सम्बन्धि समस्या रहेका उनमा २३ गते कोरोना पुष्टि भएकोमा उपचारकै क्रममा २७ गते बिहान २ः४० बजेमा मृत्यु भएको हो ।

यसैगरी तनहुँ आबुखैरेनी ४ निवासी ७६ वर्षीया संक्रमित महिलाको मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र, शिक्षण अस्पताल महाराजगञ्जमा भदौ २४ गते मृत्यु भएको हो । मुटुको रोगी रहेकी उनी भाद्र २० गते अस्पताल भर्ना भएकी र २३ गते कोरोना पुष्टि भएकोमा भोलिपल्ट निधन भएको नर्देशनालयल जनाएको छ ।

मृतक सबैको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो नै पुष्टि गरेपनि स्वास्थ्य निर्देशनालय गण्डकीले भने आज मृत्यु पुष्टि गरेको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: