सिन्धुपाल्चोकको पहिरोः मृतक संख्या ९ पुग्यो

Share:

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे–७ घुम्थाङमा पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

पहिरोमा परी मृत्यु हुनेहरुमा नागपुजे गाउँका ६३ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्क बिक टोलका २३ वर्षीय जुनु बिक, २४ वर्षीय सुकुलाल बिक, ९८ वर्षीय ट्याक्से शेर्पा, ४२ वर्षीया ज्ञानीमाया प्रधान, आठ वर्षीय सन्देश बिक तथा नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार र ४२ वर्षीया हीरामाया श्रेष्ठ रहेका छन् ।

क्षतिको विवरण सङ्कलन भइरहेको छ । पहिरामा २२ जना अझै बेपत्ता रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।

गएराति खसेको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ । पहिरोले ११ वटा घरमा क्षति पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: