२४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु पुष्टि

Share:

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ जना महिला र ६ जना पुरुष गरी ९ जनाको मृत्यु पुष्टि भएको हो ।

मृत्यु हुनेमा काठमाडौँका ६५,६५ वर्षका दुई महिला र कास्कीकी ४५ वर्षीया महिला रहेका छन् ।

यस्तै काठमाडौँका ५९, ७०, ६४ र ४९ वर्षका ४ पुरुष, मोरङका ६९ वर्षीय एक पुरुष र सिन्धुपाल्चोकका ५९ वर्षीय एक पुरुष रहेका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ । यो कुल संक्रमितको ०.६४ प्रतिशत हो ।

हाल देशभर १५ हजार ११७ जना सक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा ७ हजार ७३० जना छन् भने होम आइसोलेसनमा ७ हजार ३८७ जना छन् । आईसीयुमा १६९ जना र भेन्टिलेटरमा २३ जना उपचाररत छन् । हाल ६ हजार ५३६ जना क्वारेन्टीनमा छन्।

पछिल्लो २४ घण्टामा ९ हजार १६५ परिक्षण भएको छ भने हालसम्म ८ लाख ४० हजार ५२७ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: