
पोखरा । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान तनहुँका ११ र गोरखाका ९ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयले सोमबार जारी गरेको दोस्रो विज्ञप्ति अनुसार तनहु ऋषिङ ५ का २२, २८ र १९ वर्षका ३ पुरुष, ६ का २० वर्षीय पुरुष, ८ का ५१ वर्षीय पुरुष, २ का १८, ५२, २० र २६ का ४ पुरुष, ३ का ३८ वर्षीय र ४ का २० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
यसैगरी गोरखाको गोरखा नगरपालिका १३ का २९ वर्षीया महिला र ५२ वर्षीय पुरुष, पालुङटार ६ का ५५ वर्षीय पुरुष, १ का १५ वर्षीया महिला तथा १४, १३, १९, २५ र १३ वर्षका ५ जना पुरुषमा पनि कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ११ पुगेको छ ।
