भारतमा एकैदिन ९४ हजार बढी कोरोना संक्रमित थपिए

Share:

काठमाडौँ । भारतमा एकै दिन ९४ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९४ हजार ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै भारतमा संक्रमितको संख्या ४७ लाख ५१ हजार ७८८ पुगेको छ ।

यस्तै भारतमा मृत्यु हुनेको संख्या ७८ हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ हजार १०८ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म ३६ लाख ९९ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् भने हाल ९ लाख ७३ हजार ८६८ संक्रिय संक्रमित रहेको वर्ल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
Share: