
पोखरा । अहिले देशभर सामान्य बदली रही गण्डकी प्रदेश सहित प्रदेश १, प्रदेश २ र प्रदेश ५ का केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा पानी परिरहेको छ ।
आज देशभर मौसममा सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै आज कर्णालीबाहेक ६ वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने पनि महाशाखाले जनाएको छ। गण्डकी प्रदेश, प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा ठूलो पानी पर्ने सम्भावना रहेको बताइएको छ ।
देशका अरु ठाउँमा भने आज मौसम सामान्य बदली भएर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।
ठूलो पानी पर्ने ठाउँमा बग्ने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने तथा सडकमा जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ।
