गण्डकीमा थप एक जनाको कोरोनाबाट मृत्यु, थप ८ जनामा संक्रमण

Share:

पोखरा । गण्डकी प्रदेशमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गणडकीका अनुसार नवलपुर गैंडाकोट–९ का ६२ वर्षीया महिलाको चितवन मेडिकल कलेज, चितवनमा मृत्यु भएको हो ।

निमोनिया, मधुमेह र उच्च रक्तचाप सम्बन्धि समस्याको उपचार गराईरहेकी ती महिलामा कोरोनाको संक्रमण पुष्टि भएको र आइतबार राति ११ः३० बजे मृत्यु भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

यसैगरी गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले सोमबार तेस्रो विज्ञप्ति जारी गरी कास्कीका ३, तनहुँका १ र नवलपुरका ४ जनामा कोरोना देखिएको जानकारी दिएको हो ।

निर्देशनालयलका अनुसार कास्कीको पोखरा १० का २३ वर्षीय पुरुष, २७ का १२ वर्षीय बालक र ९ का ६० वर्षीय पुरुष, तनहुँ व्यास ४ का २८ वर्षीय पुरुष, नवलपुरको गैंडाकोट ११ का ३६ वर्षीय पुरुष, देवचुली ११ का २५ वर्षीया महिला तथा ३७ र ३२ वर्षका दुई पुरुषमा कोरोना देखिएको छ ।

यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार २० (१ मृतक समेत) पुगेको निर्देशनालयले जनाएको छ ।

यसअघि आजै नवलपुरका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएको थियो भने गण्डकीमा ३९ जना संक्रमित थपिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: