
पोखरा । सुनको मूल्य आज तोलामा एक सय रुपैयाँले बढेको छ ।
आज सुन तोलामा ९६ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलामा ९६ हजार ८ सय रुपैयामा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँ घटेर तोलामा १३ सय २० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
