
पोखरा । कास्कीका ३४ जना सहित गण्डकी प्रदेशमा थप ४४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार चौथो विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो ।
निर्देशनालयका अनुसार कास्कीका ३४, तनहुँका ६, लमजुङका ३ र स्याङ्जाका १ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित हुनेमा कास्कीको पोखरा महानगरका १२ वटा वडाका ८ वर्षीया बालिका देखि ६६ वर्ष उमेर समुहसम्मका १८ जना महिला र ६ वर्षका बालक देखि ५३ वर्ष उमेर समुहका १२ जना पुरुष तथा कास्कीको रुपा गाउँपालिकाका ४२, ४३, ४८ र ५२ वर्षका ४ पुरुषमा कोरोना देखिएको छ ।
यस्तै तनहुँको सुक्लागण्डकीको १० वर्षीया बालिका र २४, ३४, ४७, ४०, र २३ वर्षका ५ पुरुष, लमजुङ मध्यनेपालका २६ वर्षीया महिला, २१ र २७ वर्षका दुई पुरुष तथा स्याङ्जा पुतलीबजारकी ८० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकीमा संक्रमितको संख्या ३ हजार ६४ पुगेको छ ।
सयअघि आजै गण्डकीमा ४७ जना संक्रमित थपिएका थिए भने दुई संक्रमितको मृत्यु पुष्टि भएको थियो ।


