
काठमाडौँ । नेपालमा एकै दिन कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ वटा जिल्लाका ५ महिला र १० पुरुष गरी १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
गत २४ घण्टामा काठमाडौँमा मात्र ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
काठमाडौँमा ६१ वर्षीया महिला, ७७, ६२, ७३, ८५ र ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।
मोरङमा ४० र ७० वर्षीय पुरुष, ललितपुरमा ५५, भक्तपुरमा ७३, रामेछापमा २३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै गोरखाकी ६३ वर्षीया महिला, नवलपुरकी ६२ वर्षीया, पार्साकी ५५ वर्षीया र कपिलवस्तुकी ४७ वर्षीया महिलाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ६० पुगेको छ । यो कुल संक्रमितको ०.६५ प्रतिशत हो ।
