नेपालमा थप ११ सय ७० जनामा कोरोना पुष्टि, ८७९ जना डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महिला ३९९ र पुरुष ७७१ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा ४४० जना संक्रमित थपिएका छन् ।

यस्तै रुपन्देहीका ८१ जना, कैलालीका ७० जना, कास्कीका ५४ जना, सुनसरीका ४६ जना, दाङका ४५ जना, भक्तपुरका ४३ जना, सुर्खेतका ३९ जना, सिराहाका ३४ जना, मोरङका ३२ जना, चितवनका ३१ जना, ललितपुरका २९ जना, बाँकेका २४ जना, ओखलढुंगाका १९ जना, काभ्रेका १८ जना, तनहुँका १७ जना, मकवानपुरका १४ जना, बाराका १२ जना र गोरखाका १० जनामा कोरोना संक्रमण देखिएको छ ।

पर्साका ९ जना, धादिङ र डोटीका ८/८ जना, झापा, नवलपरासी, पाल्पा र दैलेखका ७/७ जना, अछामका ५ जना, धनुषा र कपिलवस्तुका ६/६ जना, लमजुङका ४ जना, नुवाकोट, कञ्चनपुर र बझाङका ३/३ जना, उदपयुर, भोजपुर, सप्तरी, सर्लाही, नवलपुर, बाग्लुङ, स्याङ्जा, गुल्मी, रोल्पा, जाजरकोट र सल्यानका २/२ जना र महोत्तरी, दोलखा, रामेछाप, सिन्धुली, अर्घाखाँची, कालीकोट र डडेलधुराका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी गत २४ घण्टामा ८७९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ । यो संक्रमितको ७१.५ प्रतिशत हो ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ । यो कुल संक्रमितको ०.६५ प्रतिशत हो ।

हाल देशभर १५ हजार ३९३ जना सक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा ८ हजार ११८ जना छन् भने होम आइसोलेसनमा ७ हजार २७५ जना छन् । आईसीयुमा १७५ जना र भेन्टिलेटरमा २९ जना उपचाररत छन् । हाल ६ हजार ८९२ जना क्वारेन्टीनमा छन्।

पछिल्लो २४ घण्टामा १० हजार ८७८ परिक्षण भएको छ भने हालसम्म ८ लाख ५१ हजार ४०५परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: