बैंकिंङ कसुर मुद्धाका फरार प्रतिवादी गुरुङ पक्राउ

Share:

पोखरा । प्रहरीले बैंकिंङ कसुर मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका वडा नं ५ देउराली बस्ने वर्ष ५७ का केश बहादुर गुरुङ रहेका छन् ।

उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले आइतबार पोखरा–६ बाट पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

पक्राउ परेका गुरुङ उच्च अदालत पाटनको २०७६ साल चैत्र १० गतेको फैसलाले बैंकिंङ कसुर मुद्धामा पचास लाख रुपैयाँ सहित ६ दिन कैद सजाय तोकेकोमा फरार रहँदै आएका थिए ।

पक्राउ परेका गुरुङलाई जिल्ला अदालत कास्कीमा पेश गरिएको प्रवक्ता हमालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: