
पर्वत । पर्वतमा विद्युत मर्मत गर्ने क्रममा पोलबाट खसेर एक जनाको मृत्यु भएको छ ।
नेपाल विद्युत प्राधिकरण कुश्मा वितरण शाखामा कार्यरत बाग्लुङ–१ रामरेखाका ३५ वर्षीय भोलाराम शर्माको पोलबाट खसेर मृत्यु भएको हो ।
सोमबार साँझ करिब साढे ७ बजे पर्वतको कुश्मा–७ खरेहामा विद्युत मर्मत गर्दा पोलबाट खसेका शर्मालाई उपचारका लागि पर्वत अस्पतालमा पुर्याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई करेन्ट भने नलागेको वितरण कन्द्रले जनाएको छ ।
मृतक शर्मा नेपाल विद्युत् प्राधिकरणमा तेस्रो तहको इलेक्ट्रिसियन थिए । शव परीक्षणका लागि पर्वत अस्पतालको शवगृहमा राखिएको र मंगलबार परीक्षण गरेर परिवारलाई बुझाइने प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
