
पोखरा । गण्डकी प्रदेशमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
गोरखा बारपाक सुलिकोट–८ की ६३ बर्षीय महिलाको मृत्यु भएको स्वस्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
क्यान्सर रोगी समेत रहेकी ती महिलाको बिरेन्द्र अस्पताल, छाउनी काठमाडौँमा सोमबार मृतयु भएको हो । उनलाई भदौ २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको निर्देशनालयले जनाएको छ ।
यसैगरी गण्डकी प्रदेशमा मंगलबार बिहान ४७ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेशको कास्कीसहित ७ जिल्लाका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ३, तनहुँका ९, स्याङ्जाका १२, नवलपुरका २० तथा गोरखा, लमजुङ र मनाङका १,१ जनामा कोरोना देखिएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ११२ (मृत्यु सहित) पुगेको छ ।
संक्रमित हुनेमा कास्कीको पोखरामा मेट्रोसिटी अस्पतालमा कार्यरत सफाई कर्मचारी ३२ बर्षीया महिला, पोखरा– १४ का १८ वर्षीय पुरुष र १ का ४छ वर्षीय पुरुष रहेका छन् ।
यस्तै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा उपचाररत तनहुँका सुक्लागण्डकी–१० का २३ बर्षीया महिला, ५ का ८ वर्षीय बालकसहित ४२ वर्षीय पुरुष तथा ५०, २८ र ३४ वर्षका ३ महिला, ८ का २८ वर्षीय पुरुष, १० का १७ वर्षीय पुरुष र देवघाट २ का २९ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।
लमजुङको बेशीसहरमा रहेको मोडल अस्पतालमा उपचाररत ७० बर्षीय पुरुष, गोरखाको शहिदलखन–३ का १० वर्षीया बालिका, मनाङको नासो–२ का २३ वर्षीया महिला, स्याङ्जा वालिङका २१ र २४ वर्षका दुई पुरुष, आधिँखोलाका २६ र ४४ वर्षका दुई पुरुष तथा पुतलीबजारका ८, २८ र ५३ वर्षका ३ पुरुष तथा ४५, ४५, १५, १२ र ४६ वर्षका ५महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नवलपुर मध्यविन्दु–२ का १९ वर्षीय पुरुष, १२ का ६० वर्षीय, ४ का ३६ वर्षीय, ९ का ४८, १७, ५० र २७ तथा वडा नखुलेको १४ र ४५ वर्षका ९ पुरुष, मध्यविन्दु–७ की ३६ वर्षीया महिला, १० की १४ र ६२ वर्षका, ८ का ६१, ३६, ८, २९ र २१ वर्षका ८ महिला, बौदिकाली ३ का ३५ वर्षीय पुरुष तथा गैंडाकोट १३ का ४१ र ६० वर्षका दुई पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।


