
पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । पोखराका ७० वर्षीय पुरुषको सोमबार राति ११ः२० बजे मृत्यु भएको स्वस्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
क्यान्सरका बिरामी समेत रहेका ती पुरुष भदौ २५ गते अस्पताल भर्ना भएका थिए ।
उनमा भदौ २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको ।
पोखराका २ जनासहित गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वस्थ्य निर्देशनालय गण्डकीले मंगलबार दिउँसो दोस्रो विज्ञप्ति जारी गरी प्रदेश अन्तर्गत कास्की, स्याङ्जा र गोरखा गरी ३ जिल्लाका ४ जनामा कोरोना देखिएको जानकारी दिएको हो ।
संक्रमित हुनेमा कास्कीको पोखरा १० का २१ वर्षीय पुरुष र १५ का ४८ वर्षीया महिला, स्याङ्जाको गल्याङ १ का ३३ वर्षीय पुरुष र गोरखाको गोरखा नगरपालिकाका २० वर्षीय पुरुष रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ११६ पुगेको छ ।

