कोरोना भाइरसः नेपालमा थप ११ को मृत्यु, १४ सय ५९ जनामा संक्रमण, १ हजार ६२ डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ७ वटा जिल्लाका ४ महिला र ७ पुरुषको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मृत्यु हुने महिलाहरुमा काठमाडौँमा ८६ वर्षीया, सिराहाका ३५ वर्षीया, बाराका ५५ वर्षीया र रुपन्देहीका ६४ वर्षीया रहेका छन् ।

यस्तै मृत्युहुने पुरुषहरुमा काठमाडौँका ३४ वर्षीय, ९६ वर्षीय, ६६ वर्षीय, सर्लाहीका ६४ वर्षीय, बाराका ५५ वर्षीय, मकावनपुरका ६१ वर्षीय र कपिलवस्तुका ५८ वर्षीय रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ । यो कुल संक्रमितको ०.६५ प्रतिशत हो ।

यसैगरी नेपालमा गत २४ घण्टामा थप १४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ४४६ जना महिला र १०१३ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार आज सबै भन्दा बढी काठमाडौँमा ५५५ संक्रमित थपिएका छन् ।

यस्तै सिराहाका १६२ जना, मोरङका १११ जना, मकावनपुरका ८७ जना, भक्तपुरका ८६ जना,  रुपन्देहीका ५१ जना, चितवनका ३७ जना, ललितपुरका ३५ जना, बाँकेका २७ जना, रौतहट र दाङका २६/२६ जना, सप्तरीका २४ जना, सुर्खेतका २३ जना, नवलपुरका २१ जना, सुनसरीका १७ जना, पाल्पाका १६ जना, स्याङ्जाका १४ जना, कैलाली र डोटीका ११/११ जनामा कोरोना देखिएको छ ।

महोत्तरी र तनहुँका ९/९ जना, काभ्रे, कञ्चनपुर र बैतडीका ८/८ जना, कास्कीका ७ जना, झापा र धनुषाका ६/६ जना, दोलखा र गोरखाका ५/५ जना, सर्लाही, धादिङ र लमजुङका ४/४ जना, बारा, अर्घाखाँची, गुल्मी, नवलपरासी र दाचुर्लाका ३/३ जना, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक, दैलेख, सल्यान र बझाङका २/२ जना तथा ओखलढुंगा, खोटाङ, ताप्लेजुङ, पाँचथर, भोजपुर, संखुवासभा, पर्सा, मनाङ र बर्दीयाका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै २४ घण्टामा १ हजार ६२ जना कोरोनामुक्त भइ डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४० हजार ६३८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३७५ परिक्षण भएको छ भने हालसम्म ८ लाख ६१ हजार ७८० परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर १५ हजार ७७९ जना सक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा ८ हजार १३९ जना छन् भने होम आइसोलेसनमा ७ हजार ६४० जना छन् । आईसीयुमा १७४ जना र भेन्टिलेटरमा २८ जना उपचाररत छन् । हाल ७ हजार २५० जना क्वारेन्टीनमा छन्।

कमेन्ट गर्नुहोस्
Share: