
पोखरा । कास्कीका २९ जनासहित गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार बिहान विज्ञप्ति जारी गरी प्रदेश अन्तर्गत कास्कीका २९, बाग्लुङका ३ जना, तनहुँका ५ जना र गोरखाका १३ जनामा कोरोना देखिएको जानकारी दिएको हो ।
निर्देशनालयका अनुससार पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत २५ वर्षीया महिला कर्मचारी, पोखरा महानगरपालिका–४ का नेपाल प्रहरीमा कार्यरत २३ देखि ४० वर्ष उमेर समुहका ८ जना पुरुष, भारतबाट आएर क्वारेन्टीनमा बसेका वडा नं १५ का ४० बर्षका २ पुरुषहरु, वडा नं २७ का २८ बर्षीय पुरुष तथा वडा नं ६ का २१ बर्षीय पुरुष र ईलामबाट आई क्वारेन्टिनमा बसेका रुपा–१ का २७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
त्यसैगरी पोखरा ८ का ४१ र ४२ वर्षका पुरुष तथा ४० वर्षीया महिला, पोखरा १ की २५ वर्षीया महिला, पोखरा ५ का २२ वर्षीय पुरुष, पोखरा ९ का ४४ वर्षीय पुरुष, पोखरा १० का ९ वर्षीय बालक तथा १८ वर्षीया महिला, पोखरा ११ का २४ वर्षीय पुरुष तथा १० वर्षीया बालिकासहित १६, २९ र ५७ वर्षीया महिला साथै पोखरा २७ का २३ , ३३ र ३४ वर्षका कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस्तै भारतबाट आएर क्वारेन्टीनमा बसेका तनहुँ घिरिंगका २३, २६ र २७ वर्षीय पुरुष , तनहुँको व्यासका थप २१ र २८ वर्षीय पुरुष, भारतबाट आएर क्वारेन्टीनमा बसेका बाग्लुङ गल्कोट ३ र बाग्लुङ १ का क्रमशः ३७ र ४६ वर्षीय पुरुष, तथा बाग्लुङ बडीगाड का ६ वर्षीय बालक र गोरखाको गोरखा नगपालिका ७ का २६ र ३४ वर्षीय पुरुष, भीमसेन थापा– ७ का २६ र ३४ वर्षीय पुरुष, सहिद लखन–३ का २१ वर्षीया महिला, वारपाक सुलिकोट– ७ का १६, ३६, २२ र ३५ वर्षका पुरुष, ३ का २१ वर्षीय पुरुष, ४ का १८ वर्षीय पुरुष, ६ का २४ वर्षीय पुरुष र ८ का ३६ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ६६ पुगेकोे छ ।

