आजको मौसमः देशभर बदली, केही ठाउँमा ठूलो पानी पर्ने

Share:

पोखरा । अहिले देशभरको मौसम बदली भई केही स्थानमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार बिहान प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने ठूलो पानी परेको जनाइएको छ।

यस्तै दिउँसो पनि देशभरको मौसममा सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम पानी पर्नेे जनाएको छ।

गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

बुधबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम पानी पर्ने छ। साथै प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाको सूचनामा उल्लेख छ।

हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: