नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

Share:

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । बुधबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पहाडबाट लेदो झर्ने क्रम नरोकिँदा आज बिहान ६ बजेखि सो सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । सडकमा झरेको लेदो हटाउन डोजर पुगेको भए पनि पानी परिरहेका कारण हटाउन समस्या भएको प्रहरीले जनाएको छ।

यसअघि सोमबार राति सो सडकखण्डमा विभिन्न स्थानमा पहिरो गएको थियो । उक्त पहिरो हटाएर हिजो साँझदेखि सडक सुचारु गराइएको भएपनि १२ घण्टामै आज बिहान लेदो झरेपछि सडक फेरि अवरुद्ध भएको हो ।

कमेन्ट गर्नुहोस्
Share: