
पोखरा। कास्कीको पोखरा महानगरका ३ जनासहित गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार बिहान दोस्रो विज्ञप्ति जारी प्रदेशका कास्की सहित तनहुँ र नवलपुर गरी ३ जिल्लाका ५ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएको हो ।
निर्देशनालयका अनुसार पोखरा ४ का ३८ वर्षीय पत्रकार तथा पोखरा ६ का २७ र ३१ वर्षीय पर्यटक प्रहरीमा कोरोना पुष्टि भएको छ ।
यस्तै पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तनहुँ शुक्लागण्डकी १० का २८ वर्षीय पुरुष र ह्याम्स अस्पताल काठमाडौँमा उपचाररत नवलपुर कावासोती ८ का ३८ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ७१ पुगेको छ ।
कमेन्ट गर्नुहोस्

