
पोखरा । अहिले देशभर सामान्य बदली रही धेरै स्थानमा वर्षा भइरहेको छ ।
बिहीबार दिउँसो र राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै गण्डकी प्रदेश, प्रदेश १, बागमती प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
देशका विभिन्न स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ रहेको छ
कमेन्ट गर्नुहोस्
