
पोखरा । कास्कीको पोखरा महानगरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान दोस्रो विज्ञप्ति जारी गरी पोखराका ४ जनासहित गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएको हो ।
निर्देशनालयका अनुसार कास्कीको पखरामहानगर ५ का ४२ वर्षीया महिला, १० का ३४ वर्षीया महिला १८ का १९ वर्षीय पुरुष र ८ का ३४ वर्षीय पुरुषमा कोरोना देखिएको छ । यस्तै तनहुँको व्यास ४ का ३६ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ६ पुगेको छ । यसअघि आज बिहानै पोखराका ४ सहित गण्डकीमा २३ जना कोरोना संक्रमित थपिएका थिए ।
कमेन्ट गर्नुहोस्

