देशभर बदली, थोरै स्थानमा भारी वर्षाको सम्भावना

Share:

पोखरा । देशभर आजको मौसममा सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी प्रदेश, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश नम्बर ५ का एक दुई स्थानमा भारी वर्षा हुने छ ।

यस्तै शुक्रबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: