गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका स्याङ्जा, तनहुँ र नवलपुर गरी तीन जिल्लाका ११ जनालाई कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

शुक्रबार बिहान स्याङ्जाका ५४ वर्षीय पुरुष, तनहुँ देवघाटका २७ र ५८ वर्षीय दुई पुरुष तथा नवलपुर गैंडाकोटका ३० वर्षीय पुरुष, ६५ वर्षीय पुरुष, २७ वर्षीया महिला, कावासोतीका २१ वर्षीय पुरुष र देवचुलीका २१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ९१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: