गण्डकी प्रदेशमा आज कोभिड अपडेटः पहिलो पटक एक दिनमै सय बढीलाई संक्रमण पुष्टि, १०२ जना थपिए, पोखरामै सर्वाधिक ७४

Share:

गण्डकी प्रदेशमा अहिलेसम्मकै धेरै संक्रमित आज फेला परेका छन् । एक दिनमै ३ अंकको संख्यामा संक्रमित थपिए अर्थात् १०२ जना । पोखरामा मात्रै आज बिहीबार ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा महानगरपालिकामा एकैदिन १५ वडाका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अहिलेसम्मको तथ्यांक अनुसार यो नै उच्च संख्या हो ।

गण्डकीमा कूल संक्रमित ३२ सय ८० पुगेको छ । १९ सय ७५ जना निको भइसकेका छन् । कूल सक्रिय संख्या १२ सय ७४ छ । कास्कीमा हालसम्म ७६६ संक्रमित फेला परेको छ । जसमध्ये २८० जना निको भएर घर फर्किसकेका छन् भने सक्रिय संक्रमित ४७५ रहेको छ । कास्कीमा अहिले सम्म ११ कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरामा ९ र अन्नपूर्ण र रुपामा १, १ जना रहेका छन ् ।

पहिलो विज्ञप्ती अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको छ । पोखरा २० का २३ वर्षीया महिला, पोखरा ९ का २९ वर्षीय पुरुष, पोखरा १५ का २९ वर्षीय पुरुष र पोखरा १० का २० वर्षीया महिलाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

दोस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखराका थप दुई महिला र दुई पुरुषमा कोरोना पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको छ पोखरा ५ का ४२ वर्षीया महिला, पोखरा १० का ३४ वर्षीया महिला, पोखरा १५ का २९ वर्षीय पुरुष, पोखरा १८ का १९ वर्षीय पुरुष र पोखरा ८ का ३४ वर्षीय पुरुषको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

तेस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखरामा एकैपटक ४० प्रहरीसहित ६६ जनामा कोरोना संक्रमण भयो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा ८ का ३९, २१, ३४ वर्षीय पुरुष र ३८ वर्षीया महिला पोखरा १४ का ३५ वर्षीय पुरुष, पोखरा( १० का २६ वर्षीया महिला र १९ वर्षीय पुरुष, पोखरा १७ का ३७ वर्षीय पुरुष, पोखरा २३ का २३ वर्षीय पुरुष, पोखरा ४ का ५३, २० वर्षीया महिला, पोखरा १५ का २१, १८ ३५,३७, ३९ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

यस्तै पोखरा( ३१ का ३५, ५० वर्षीय पुरुष र ७२, ४५, ४३ वर्षीया महिला, पोखरा २७ का १८, १५ वर्षीय पुरुष, पोखरा २९ का २५ वर्षीया महिला र ४० वर्षीय पुरुष र पोखरा ३३ का ४३ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ पोखरा महानगरपालिका १५ का ३९ जना पुरुषहरु र १ जना महिला नेपाल प्रहरीमा कार्यरत छन् ।

त्यसैगरी पोखरा महानगरपालिका ८ का ३९ वर्षीय, १४ का ३५ वर्ष, १७ का ३७ वर्ष र २९ का ४० वर्षका गरी चारजना भारतबाट आएर क्‍वारेन्टिनमा बसेका व्यक्तिहरु रहेका छन् । अन्य ३० जना व्यक्तिहरुलाई कन्ट्याक्ट ट्रेसिङबाट पहिचान गरिएको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशका अन्य जिल्लाहरुमा गोरखा अजिरकोट र वारपाकका ३० वर्षीया महिला र ५४ वर्षीय पुरुष, बागलुङ तमानखोलाका २३ वर्षीय पुरुष, बागलुङ ६ , १० र १३ का ३७ , १९ र ५९ वर्षका पुरुष, तनहुँ आबुखैरेनीकी ३९ वर्षीया महिला एवं नवलपुर देबचुली, गैंडाकोट र मध्यबिन्दु का ५ पुरुष तथा ७ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै तनहुँ ब्यास ४ का ३६ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । तनहुँ वन्दिपुरका २१ र २५–२५ वर्षका २ पुरुष तथा लम्जुङ वेशीसहरका १९, २७, २९ ३१ र ४० वर्षका पुरुषमा पनि कोरोना सङक्रमण देखिएको जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना सङक्रमितको सँख्या ३२८० पुगेको हो ।

कमेन्ट गर्नुहोस्
Share: