
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
नवलपुर देबचुली ११ का ३१ बर्षीय पुरुषको बिहीबार राति १२ः१८ मा चितवन मेडिकल कलेजमा उपचार कै क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
गत भदौ २५ गते अस्पताल भर्ना भएका ती पुरुषमा भदौ २६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । निर्देशनालयका अनुसार ती पुरुषमा श्वासप्रस्वास तथा मृगौला सम्बन्धि समेत समस्या रहेकोे थियो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
