गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ३३६ पुग्यो

Share:

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय ३६ पुगेको छ । शुक्रबार बिहान स्वास्थ्य निर्देशनालय गण्डकीले सो बारे जनाकारी दिएको हो ।

निर्देशनालयले जारी गरेको पछिल्लो अध्यावधिक तेस्रो विवरण अनुसार कास्कीको पोखरा महानगरका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरका ४ वटा वडाका ३ बालकसहित ११ पुरुष र ४ महिलामा कोरोना देखिएको निर्देशनालयले जानकारी दिएको हो ।

संक्रमित हुनेमा पोखरा १ का ७ वर्षीय बालक, पोखरा ७ का २५, ३०,३४, ३५ र ३८ वर्षका पुरुष, पोखरा १६ का ३३ वर्षीय पुरुष, पोखरा १९ का २ र ७ वर्षीय बालक, २६ र ४० वर्षका पुरुष तथा २० वर्षीया एक र ३२,३२ वर्षका ३ महिला रहेका छन् ।

यसैगरी निर्देशनालयले जारी गरेको दोस्रो अध्यावधिक विवरणमा पोखराका २ जनासहित गण्डकी प्रदेशमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार कास्की, तनहुँ र नवलपुर गरी ३ जिल्लाका ३० जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेमा कास्कीको पोखरा महानगर १ का ३८ वर्षीय पुरुष तथा पोखरा ३ का ५४ वर्षीया महिला, तनहुँ शुक्लागण्डकी ४ का १६ र २१ वर्षीय पुरुष रहेका छन् ।

यस्तै नवलपुरकावासोती २का ३५ वर्षीया महिला, ३२, ३९, २०, ५७, २०, ३८, २६ र ४२ वर्षीय ८ पुरुष, १४ का ३८ वर्षीय पुरुष, ३ का १७, १५ वर्षका दुई महिला तथा ३२, ११, ४१ वर्षीय ३ पुरुष, गैंडाकोट १ का २१ वर्षीया महिला र ६६ वर्षीय पुरुष, ५ का ५२ वर्षीया महिला, ९, ३५, ५९ वर्षीय ३ पुरुष, ७ का २२, ६० वर्षीया दुई महिला, ४ का ७० वर्षीय पुरुष र १० का ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार नवलपुर कावासोती–२ का ३९ र २० बर्षीय, कावासोती–३ का ४१ बर्षीय गरि ३ जना पुरुष भारतबाट आई क्वारेन्टीनमा बसेका हुन् । तनहुँ र कास्की जिल्लाका सबै संक्रमित पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको पे क्लिनिकमा परिक्षणका लागि आएका हुन् भने अन्य सबै कन्ट्याक ट्रेसिङबाट पहिचान भएको हो ।

यसअघि आजै बिहान गण्डकीमा ११ कोरोना संक्रमित थपिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: