पोखरामा ९ बर्षे बालिकालाई यौन दुर्व्यबहार गर्ने धादिङका युवक पक्राउ

Share:

पोखरा । ९ बर्षे बालिकालाई यौन दुर्व्यबहार गरेको आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–६ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१९ लामाचौर बस्ने वर्ष ३२ को बिकाश बि.क रहेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए ।

गत भदौ ३० गते अन्दाजी दिउँसो ४ बजे बालिकालाई ललाई फकाई गरी एकान्त स्थानमा लगि करणीको आशय राखी यौन दुर्व्यबहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको प्रहरी टोलीले भदौ ३१ गते पक्राउ गरेको हो ।

पक्राउ परेका प्रतिवादी बिरुद्ध बाल यौन दुरुपयोग कसुरमा सम्मानित कास्की जिल्ला अदालतबाट १० दिन म्याद थपको अनुमति लिई अनुसन्धान प्रकृया अगाडी बढाईएको डिएसपी हमालले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: