
गण्डकी प्रदेशमा कोरोना सङक्रमितको सँख्या ३ हजार ३ सय ३६ पुगेको छ । आज मात्रै पोखराका १७ जनासहित ५६ जना गण्डकीमा थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार ३ विज्ञप्ती जारी गर्दै संक्रमित पुष्टि संख्याबारे जानकारी दियो । तेस्रो तथा अन्तिम विवरणमा पोखरा महानगरका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । निर्देशनालयले पोखरा महानगरका ४ वटा वडाका ३ बालकसहित ११ पुरुष र ४ महिलामा कोरोना देखिएको जानकारी दिएको हो ।
निर्देशनालयले पोखरा १ का ७ वर्षीय बालक, पोखरा ७ का २५, ३०,३४, ३५ र ३८ वर्षका पुरुष , पोखरा १६ का ३३ वर्षीय पुरुष, पोखरा १९ का २ र ७ वर्षीय बालक, २६ र ४० वर्षका पुरुष तथा २० वर्षीया एक र ३२ – ३२ वर्षका ३ महिलामा समेत कोरोना पुष्टि भएको जनाएको छ ।
यस्तै, दोस्रो विज्ञप्तिमा पोखरामा २ जना सहित गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणका क्रममा पोखरा( १ का ३८ वर्षीय पुरुष तथा ३ का ५४ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।
संक्रमित २ जनाले नै पे–क्लिनिकमा परीक्षण गराएका थिए । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा नवलपरासी (ब.सु.पू) का २६ र कावासोतीका १५ तथा गैंडाकोटका ११ जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ जना भारतबाट आएका हुन् । उनीहरु अहिले क्वारेन्टिनमा नै रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । त्यसै गरी तनहुँका २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २ जना नै शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ का पुरुष हुन् ।
विहानै जारी गरेको विज्ञप्तिमा गण्डकीमा थप ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका तीन जिल्ला स्याङ्गजा, तनहुँ र नवलपुरका ११ जनामा कोरोना पुष्टि भएको हो । बिपी कोइराला स्मृति क्यान्सर अस्पताल चितवनमा गरिएको परीक्षणमा स्याङ्गजाका पालिका नखुलेको ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यता चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा तनहुँको देवघाट गाउँपालिका वडा नं ५ का २७ र ५८ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । भने, नवलपुरको ३ जना पालिका नखुलेको ४ वर्षीय वालक, २५ वर्षीय पुरुष र ४५ वर्षीया महिला, गैंडाकोट नगरपालिका २, १ र ६ का क्रमशः ३० वर्षीय पुरुष, ६५ वर्षीय पुरुष र २७ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै जिल्लाकै कावासोती नगरपालिका ८ का २१ वर्षीय पुरुष र देवचुली नगरपालिका १२ का २१ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ । संक्रमित सबैजना परीक्षण गरिएको अस्पतालकै आइसोलेसनमा बसेका छन् ।
गण्डकीमा थप १ कोरोना संक्रमितको मृत्यु
गण्डकीमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । नवलपुरको देवचुली नगरपालिका ११ का ३१ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
जटिल खालको श्वासप्रश्वास र मृगौलाको समस्या भएका उनी २५ भदौमा चितवन मेडिकल कलेज भर्ना भएका थिए । २६ भदौमा ती पुरुषमा कोरोना पुष्टि भएको थियो ।
योसहित गण्डकीमा मृतकको संख्या ३२ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेमा कास्कीका १०, गोरखा र नवलपुरका ६र६, तनहुँका ४, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १र१ जना छन् ।
४० जना प्रहरीमा कोरोना भेटिएपछि रामबजारको प्रहरी चौकी सिल
पछिल्लो समय पोखरामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । समुदायमा संक्रमितको संख्या बढ्दै गर्दा नेपाल प्रहरीमा पनि संक्रमण बढ्दै गएको छ । बिहिबार मात्र पोखरामा ४० प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले बताए ।
एकै प्रहरी चौकीमा ४० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि रामबजारमा रहेको प्रहरी कार्यालय सिल गरिएको हमालले जानकारी दिएका छन् । संक्रमित ४० प्रहरीलाई रामबजारकै प्रहरी चौकीको आइसोलेसनमा राखिएका प्रवक्ता हमालले बताए ।
