
काठमाडौँ । छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या ५३ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ९२ हजार ७८९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५३ लाख ५ हजार ४५७ पुगेको वर्ल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८५ हजार ६२५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ हजार २२१ जनाको मृत्यु भएको हो ।
भारतमा हालसम्म ४२ लाख ५ हजार २०१ जना संक्रमणमुक्त भएका छन् भने १० लाख १४ हजार ६४९ जना सक्रिय संक्रमित छन् । भारत कोरोना संक्रमणबाट विश्वमै दोस्रो प्रभावित मुलुक हो ।
कमेन्ट गर्नुहोस्
