
पोखरा । गण्डकी प्रदेशमा शनिबार बिहान फेरी ५१ जना कोरोना संक्रमित थपिएका छन् ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा कास्कीको पोखरा महानगरका १३ जना सहित गण्डकीमा थप ५१ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार पोखरा विश्वबिद्यालयमा कार्यरत चिकित्सक पोखरा–४ का ४१ बर्षीय पुरुष सहित १८ र ४० वर्षका पुरुष तथा ७१ वर्षीया महिला, पोखरा–७ का ४७ वर्षीय पुरुष, ८ का २८,२८ र ३५ वर्षका ३ पुरुष, ३० का २१ वर्षीय, १२ का ५४ र २४ वर्षीय २ पुरुष, २७ का २९ वर्षीय पुरुष तथा ६ का ३४ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।
यस्तै स्याङ्जाको वालिङ ५ का ५२ वर्षीया महिला, तनहुँको व्यास ६ का ३३, ६० र ३९ वर्षका ३ पुरुष एवं नवलपुरको देवचुलीका ३, ४, ७, ११, १४ र १७ वडाका ७ वर्षीय बालक देखि ६२ वर्ष उमेर समुहका १६ जना पुरुष र ५ वर्षीया बालिका देखि ८० वर्ष समुहका १८ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय २ पुगेको छ ।
यसअघि आज बिहानै गण्डकीमा १५ जना कोरोना कोरोना संक्रमित थपिएका थिए ।

