
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्न नदिने बताएका छन् । भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न चुनौतिपूर्ण रहेपनि भ्रष्टाचारविरुद्ध बोल्दा ‘मुखमा पानी नहाल्ने’ उनको प्रतिबद्धता छ ।
संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा शनिबार बिहान टुँडिखेलमा आयोजित विशेष समारोहमार्फत् देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले कसैलाई विभेद नगरेको प्रष्ट्याएका छन् । उनले संविधानले विभेद गरेको पुष्टि भए औचित्य र आवश्यकताका आधारमा संसोधन गरी अगाडि बढ्न सक्ने बताए ।
उनले कोरोना महामारीलाई अवसरका रुपमा लिँदै सरकारले उल्लेखनिय काम गरिरहेको बताए । उनले कोरोना महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्रको सूचक नकारात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको बताए ।
