
काठमाडौँ । नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ८ वटा जिल्लाका ७ महिला र ४ पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मृत्यु हुने महिलाहरुमा काठमाडौँकी ७७ वर्षीया र ललिपुरका ७६ वर्षीया र ६८ वर्षीया, मोरङका ६५ वर्षीया, रौतहटका ५१ वर्षीया सर्लाहीका ५६ वर्षीया र मकावनपुरका ३७ वर्षीया रहेका छन् ।
यस्तै मृत्यु हुने पुरुषहरुमा ललितपुरका ६० वर्षीय, काठमाडौँका ७५ वर्षीय, रुपन्देहीका ६९ वर्षीय र बाँकेका ४५ वर्षीय रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय १ पुगेको मन्त्रालयले जनाएको छ । यो कुल संक्रमितको ०.६४ प्रतिशत हो ।
कमेन्ट गर्नुहोस्
