नेपालमा थप १ हजार २०४ जनामा कोरोना पुष्टि, १ हजार ४४७ डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४०८ महिला र ७९६ पुरुष गरी १ हजार २०४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै काठमाडौँका ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बाराका १११ जना, भक्तपुरका ८३ जना, ललितपुरका ५८ जना, नवलपुरका ४५, मोरङका ३३ जना, दाङका २८ जना, सुनसरीका २३ जना, दार्चुलाका २१ जना, बाँकेका २० जना, सप्तरीका १९ जना, मकवानपुरका १८ जना, सर्लाहीका १५ जना, काभ्रेका १४ तथा धादिङ र कास्कीका १३/१३ जनामा कोरोना देखिएको छ ।

रामेछापका ९ जना, सिराहा र कैलालीका ८/८ जना, चितवन र सिन्धुलीका ७/७ जना, झापा र पर्साका ६/६ जना, दोलखा, तनहुँ र लमजुङका ५/५ जना, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा र बर्दियाका ४/४ जना, ओखलढुंगा, स्याङ्जा, अर्घाखाँची, कपिलवस्तु, सुर्खेत, डडेलधुरा र बैतडीका ३/३ जना, धनुषा, रौतहट, पर्वत, पाल्पा, दैलेख र कञ्चनपुरका २/२ जना तथा खोटाङ, महोत्तरी, नवलपरासी, प्युठान र रुपन्देहीका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।

त्यस्तै गत २४ घण्टामा १ हजार ४४७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४५ हजार २६७ पुगेको छ । यो संक्रमितको ७२.०८ प्रतिशत हो ।

हालसम्म नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय १ पुगेको मन्त्रालयले जनाएको छ । यो कुल संक्रमितको ०.६४ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा १० हजार ३३३ परिक्षण भएको छ भने हालसम्म ९ लाख ४ हजार ७०६ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा काठमाडौँ, भक्तपुर, चितवन, मोरङ, सिराहा, सुनसरी, ललितपुर, मकवानपुर र रुपन्देही रहेका छन् । त्यस्तै शून्य संक्रमित रहेको जिल्लामा मुस्ताङ, म्याग्दी, सोलुखुम्बु, डोल्पा, हुम्ला, मुगु र रसुवा रहेका छन् ।

हाल देशभर १७ हजार १२९ जना सक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा ९ हजार १५३ जना छन् भने होम आइसोलेसनमा ७ हजार ९७६ जना छन् । आईसीयुमा १७९ जना र भेन्टिलेटरमा ३५ जना उपचाररत छन् । हाल ७ हजार ७३५ जना क्वारेन्टीनमा छन्।

कमेन्ट गर्नुहोस्
Share: