कोरोना संक्रमणबाट पहिलो पटक सैनिकको मृत्यु

Share:

काठमाडौँ । कोरोना संक्रमणबाट पहिलो पटक नेपाली सेनाका सैनिकको मृत्यु भएको छ । रामेछाप घर भई काठमाडौँमा कार्यरत ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको हो ।

लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित जवानको गत भदौ २९ गते मृत्यु भएको थियो । उनको मृत्यु पछि गरिएको परीक्षणमा असोज २ गते शुक्रबार रिपोर्ट पोजेटिभ आएको हो । उनको शव व्यवस्थापन समेत भइसकेको जनाइएको छ ।

हालसम्म नेपाली सेनाका २ हजार ५६ जना सैनिक कोरोना संक्रमित भएका छन् । तीमध्ये ४ सय १ जना निको भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: