पोखराका १३ जनासहित गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखरा महानगरका १३ जनासहित गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार दिउँसो दोस्रो विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार पोखरामा कार्यरत ६ जना प्रहरीसहित महानगरका ५ वटा वडाका १० पुरुष तथा ३ महिलामा सङक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा पोखरा ७ का ३८ वर्षीय पुरुष तथा नेपाल प्रहरीमा कार्यरत २४, २५ , २८, ४०, र ४२,४२ वर्षका पुरुष, पोखरा ६ का ३२ वर्षीय पुरुष तथा २५ वर्षीया महिला, पोखरा १७ की २७ वर्षीया महिला तथा ४५ वर्षीय पुरुष, पोखरा २२ का २२ वर्षीय पुरुष र पोखरा २३ की ४४ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी लमजुङ सुन्दरबजारका वडा नम्बर ६, ९ र १० का ६ वर्षका बालकसहित ५५ वर्ष उमेर समुहका ७ जना पुरुष तथा ६ वर्षीया बालिकासहित ५० वर्ष उमेर समुहका ८ जना महिला एवं तनहुँ जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रमा उपचाररत १२ वर्षीया बालिका र २१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ३८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: