पोखरामा कवाडि संकलन गर्दै हिड्ने एक जना मृत फेला

Share:

पोखरा । पोखरामा कवाडि संकलन गर्दै हिड्ने एक जना मृत फेला परेका छन् ।

लमजुङ घर भई हाल पोखरा ७ प्रगति टोल बस्ने वर्ष ३६ को प्रभु भुजेल आइतबार दिउँसो मृत फेला परेका हुन् ।

भुजेल आज दिउँसो ३ः४० बजे पोखरा १० स्थित वेलकम गेट नजिकै चौरमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: