
पोखरा । पोखरामा थप एक जना कोरोना संक्रमित थपिएका छन् ।
पोखरा महानगरपालिका १४ का ४० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा ती पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । ती पुरुष कन्ट्याक ट्रेसिङमा परेका हुन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४सय ३९ पुगेको छ ।
कमेन्ट गर्नुहोस्

